|
ढिलाइको कारणले गर्दा जरिवाना नतिर्नका लागि, टिकेट पाउनुभएको मितिको १० दिन भित्रमा तपाईंको भुक्तानी वा अपील यातायात सेवाले पाउनुपर्नेछ ।
भुक्तानीका चयनहरू
अन्लाईन मार्फत: transportation.wisc.edu को वेबसाईटमा जानुभएर Pay/Appeal Citation (टिकेट तिर्ने/अपील गर्ने) चयनमा थिच्नुहोला (क्रेडिट र डेबिट कार्ड लिइन्छ) ।
व्यक्तिगत रूपमा: यातायात सेवाको कार्यालय जानुहोला (नगद, चेक, क्रेडिट र डेबिट कार्डहरू लिइन्छ) ।
हुलाक मार्फत: चेक र टिकेटलाई यस खाममा हाल्नुभएर पठाउनुहोला । चेकमा UW Transportation Services लेख्नुहोला । नोट: हामीले हुलाक मार्फत पठाइएको नगद वा क्रेडिट कार्डको जानकारी लिँदैनौँ ।
अपीलका चयनहरू
अन्लाईन मार्फत: अपील फाराम बुझाउन transportation.wisc.edu को वेबसाईटमा जानुभएर Pay/Appeal Citation (टिकेट तिर्ने/अपील गर्ने) चयनमा थिच्नुहोला ।
व्यक्तिगत रूपमा: यातायात सेवाको कार्यालयमा गइ अपीलको फाराम भरेर बुझाउनुहोला । महत्त्वपूर्ण: हामीले हाम्रो आधिकारिक फाराम मार्फत बुझाइएको अपीलहरू मात्र लिन्छौँ । मौखिक वा लिखित सन्देशहरू लिँदैनौँ ।